काठमाण्डौ । साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा करिब १७ अंकले गिरावट आएको छ। अघिल्लो दिनको कारोबार बजारमा १९ अंकको गिरावट आएको थियो।
बजारमा आइतबारको तुलनामा सोमबार बजार घट्दा कारोबार भने बढेको छ। तर, लामो समयदेखि बजारमा १ अर्बमाथिको कारोबार हुन सकेको छैन। एकैदिन ९२ अंक बढेपछि सुस्ताएको बजारमा त्यसपछि रौनक भने आउन सकेको छैन।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा मूल्यरेखाले बोलिंगरको तल्लो ब्यान्डलाई छोएको छ। (हेर्नुहोस् कालो एरो)
डेली बेसमा म्याक्डीबाट बजारलाई हेर्दा मे २ मा बनेको बियरिस क्रसओभर हालसम्म पनि भ्यालिड नै रहेको छ। हिस्टोग्राम नेगेटिभ र लामा–लामा हुँदै गएका छन्।
आरएसआईमार्फत हेर्दा आज बजार ३५ को विन्दु ओभर सोल्ड नजिक आएको छ। यस्तो विन्दु बजार घट्दा ओभर सोल्ड जोन ३० भन्दा तल करिब २० सम्म पनि आउन सक्छ।
पिभटमार्फत हेर्दा आज बजार करिब पिभट प्वइन्ट दोस्रो सपोर्ट १८२५ मा सपोर्ट लिएको छ। यदि यहाँबाट पनि तल जान्छ भने तेस्रो सपोर्ट १८०३ मा रहेको छ। यदि आगामी दिनमा बजार बढेमा १८७५ भन्दा माथि टिकेको खण्डमा बजार इन्ट्रीको रणनीति बनाउन सकिनेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19