काठमाण्डौ । सेयर बजार आज बिहान खुलेदेखि नै बढेको थियो। कारोबारको केही समय टीएमएसमा समस्या देखिए पनि त्यसपछि भने बजार एकनाशले बढेको देखिन्छ। आज बजारसँगै अघिल्लो दिनको तुलनामा कारोबार पनि बढेको छ।
प्राविधिक रुपमा आजको बजारलाई हेर्दा बोलिंगरको मध्य ब्यान्डमा बुलिस मारुबुजु क्यान्डल बनेको देखिन्छ। योसँगै अप्पर ब्यान्ड र लोअर ब्यान्डको दूरी पनि घटेको छ। यसले बजारमा रिभर्सल लिँदै गरेको मान्न सकिन्छ।
म्याक्डीमार्फत हेर्दा केही समयपहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। आज हिस्टोग्राम नेगेटिभ रहे पनि फिक्का भएको छ।
म्याक्डीमा अहिले नै बजार बुलिस बनिसकेको अवस्था भने होइन। म्याक्डी ल्यागिङ इन्डिकेटर भएका कारण केही ढिलो पनि संकेत दिने गर्छ।
आरएसआईमार्फत हेर्दा ओभर बट जोन ८८ बाट खसेको बजार करिब न्युट्रल जोन ५२ बाट पुनः फर्केर ५९ को तहमा पुगेको छ। यदि यो विन्दु ६० भन्दा माथि–माथि लागेमा बजार पुनः अप ट्रेन्डमा चलेको मान्न सकिन्छ।
मनी फ्लो इन्डेक्सबाट पनि बजारलाई हेर्दा अघिल्लो कारोबारमा बुलिस डाइभर्जेन्स बनेको देखिन्छ। यदि बजार घट्दा पनि मनी फ्लो इन्डेक्स बढेको छ भने त्यसलाई बुलिस डाइभर्जेन्स भनेर बुझिन्छ (हेर्नुहोस् कालो एरो)। करिब ७८ को तहबाट खसेर पुनः ४६ को तहमा आएर आज ५२ को तहमा पुगेको छ।
समग्रमा तीनवटै इन्डिकेटरमार्फत हेर्दा आज बजारले माथिको यात्रा तय गर्दै गरेको बुझिन्छ। तर, यसको कन्फर्मेसनका लागि भने आगामी कारोबार २११५ भन्दा माथि–माथि टिकेर भोलुमसहित कारोबार हुनुपर्नेछ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कुनै कारोबारका लागि सिफारिस भने होइन।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19