काठमाण्डौ । बढ्दो महँगीबीच भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ईएमआई भुक्तानी गर्नेहरुलाई केही राहत दिएको छ।

आरबीआईले चालु वित्त वर्षको पहिलो मौद्रिक नीति सार्वजनिक गरेको छ। यसपटक रिपो दरमा कुनै परिवर्तन गरिएको छैन। रिपो दर ६.५० प्रतिशतमा यथावत राखिएको छ।

यसअघि मे २०२२ देखि आरबीआईले लगातार रेपो दर बढाउँदै आएको थियो। 

कोरोना महामारीको समयमा रिपो दरमा कुनै परिवर्तन भएन। तर मे २०२२ मा वृद्धि सुरु भयो। त्यसपछि लगातार ६ पटक रिपो दर बढेको थियो।

आरबीआई गभर्नर शक्तिकान्त दासले विश्वभर बैंक असफलताका कारण विश्व अर्थतन्त्र चुनौतीको सामना गरिरहेको बताए। चालु वित्त वर्षमा भारतको ५.२ प्रतिशत मुद्रास्फीति हुने अनुमान गरिएको उनले जानकारी दिए। 

योसँगै भारतको अर्थतन्त्र ७ प्रतिशतको दरले वृद्धि हुने अपेक्षा गरिएको छ। –एजेन्सी