काठमाण्डौ । ब्याजदर वृद्धिमा एनएमबी बैंक पनि आक्रामक देखिएको छ । यो बैंकले पनि मुद्दति निक्षेपकै ब्याजदर करिब डबल डिजीटमा पुर्याएको छ ।
बैंकले आज सार्वजनिक गरेको नयाँ दरअनुसार एक वर्षे वा सोभन्दा माथिको मुद्दति निक्षेपको ब्याजदर करिब १० प्रतिशत अर्थात ९.५२ प्रतिशत पुर्याएको छ ।
बैंकले तीन महिनासम्मको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ७.५० प्रतिशत पुर्याएको छ भने संस्थागतमा नयाँ निक्षेपको ७.५० तथा नवीकरणको ७.६० प्रतिशत पुर्याएको छ ।
चार महिनादेखि १ वर्षसम्म अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९ प्रतिशत पुगेको छ भने संस्थागततर्फ नयाँको ९ प्रतिशत तथा नवीकरणको ९.१० प्रतिशत पुगेको छ ।
एक वर्षभन्दा माथि अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ९.०२ प्रतिशत पुगेको छ भने संस्थागततर्फ नयाँको ९.५२ तथा नवीकरणको पनि ९.५२ प्रतिशत पुगेको छ ।
बैंकले अन्य बचत खाताको ब्याजदरमा पनि सामान्य मात्र बढोत्तरी गरेको छ ।
निक्षेपको ब्याजदर बढेसँगै बैंकले अधिकांश लोन प्रडक्टको ब्याजदर पनि बढाएको छ ।
बैंकले प्रकाशन गरेको ब्याजदर परिवर्तन सम्बन्धी सूचना हेर्नुहोस्:
सम्बन्धित समाचार
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19