काठमाण्डौ । नेपाल राष्ट्रबैंकका अधिकारीहरुले बैंकहरुको ‘ब्याजदर दौड’मा आफूहरुले कुनै हस्तक्षेप नगर्ने बताएका छन् ।
राष्ट्रबैंकका सहप्रवक्ता नारायणप्रसाद पोखरेलले केन्द्रीय बैंकले ब्याजदरमा कुनै हस्तक्षेप नगर्ने, बरु यसको निर्धारण बजारले गर्नुपर्छ भन्ने मान्यतामा प्रष्ट रहेको बताए ।
‘बैंकको ब्याजदर बजारले निर्धारण गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यसमा हामी कुनै हस्तक्षेप गर्दैनौ र हाम्रो त्यस्तो नीति हुन्न ।’ सहप्रवक्ता पोखरेलले भने–‘निक्षेपको ब्याजदर कति बढ्यो भन्ने कुरामा हाम्रो उति धेरै चासो रहँदा पनि रहन्न ।’
राष्ट्रबैंकले विशेष रुपमा कर्जाको ब्याजदर बढ्न नदिने नीति लिने र निक्षेपको ब्याजदर धेरै बढ्दा कर्जाको ब्याजदर समेत बढ्ने संभावना रहने भएकोले यसतर्फ सचेत चाहिँ रहनुपर्ने उनको धारणा छ ।
‘राष्ट्रबैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत निजी क्षेत्रतर्फ कर्जाको बिस्तार १९ प्रतिशत गर्ने लक्ष्य लिएको छ ।’ उनले थपे–‘यदि निक्षेपको ब्याजदर बढेर कर्जाको समेत बढ्न थाल्यो भने त्यसले हामीले लिएको लक्ष्य प्राप्त नहुनसक्छ, आफ्नो लक्ष्य प्राप्तिका लागि यस्तो बेला के गर्ने भन्ने विषयमा हामी प्रष्ट छौं ।’
कर्जाको ब्याजदर धेरै बढ्न थाल्यो भने पनि राष्ट्रबैंकले सोझै हस्तक्षेप नगर्ने, बरु तरलता सहज बनाउने उपकरण र उपाय चलाएर अवस्थालाई सहज बनाउनतिर ध्यान दिने पनि उनको प्रष्टीकरण छ ।
‘राष्ट्रबैंकको अर्को कन्सर्न र सिद्धान्त भनेको मुद्रास्फिति दरभन्दा निक्षेपको ब्याजदर बढी हुनुपर्छ भन्ने हो ।’ उनले भने–‘हामीले बैंक तथा वित्तीय संस्थाहरुलाई स्प्रेड दर नै तोकिदिएका छौ, जसका कारण उनीहरुले निक्षेपमा थोरै ब्याज दिने र कर्जामा बढी असूल्ने संभावना हुँदैन ।’
आइतबारसम्म प्रणालीमा ४४ अर्ब अधिक तरलता रहेको र तरलता संकटको बाहानाबाजी गरेर बैंकहरुले ब्याजदर बढाउन नहुने उनको भनाई छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago