काठमाण्डौ । चालु आर्थिक वर्षमा बैंकहरुको ब्याजदर अचाक्ली बढेको देखिएको छ ।
अघिल्लो वर्षको तुलनामा बैंकहरुको ब्याजदर अचाक्ली बढेको नेपाल राष्ट्रबैंकले जनाएको हो ।
केन्द्रीय बैंकले आज चालु आर्थिक वर्षको ८ महिनाको वित्तीय अवस्था सार्वजनिक गर्दै बैंक ब्याजदर ह्वात्तै बढेको देखाएको हो ।
राष्ट्रबैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधार दर २०७७ फागुनमा ६.८४ प्रतिशत रहेकोमा २०७८ फागुनमा ८.९८ प्रतिशत कायम भएको छ ।
२०७८ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.९३ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १०.६० प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही महिनामा यस्ता दरहरु क्रमशः ४.७६ प्रतिशत र ८.७३ प्रतिशत रहेका थिए ।
यस्तै, २०७७ फागुनमा ९१–दिने ट्रेजरी बीलको भारित औसत ब्याजदर २.०३ प्रतिशत रहेकोमा २०७८ फागुनमा ६.८२ प्रतिशत रहेको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७७ फागुनमा १.२६ प्रतिशत रहेकोमा २०७८ फागुनमा ६.५६ प्रतिशत रहेको छ ।
मौद्रिक नीतिको संचालन लक्ष्यको रुपमा लिइने भारित औसत अन्तर–बैंक (बैंक तथा वित्तीय संस्था) ब्याजदर २०७८ फागुनमा ६.५६ प्रतिशत रहेको छ । अघिल्लो बर्षको सोही महिनामा यस्तो ब्याजदर १.२६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago