काठमाण्डौ । नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

समीक्षा अवधिमा संस्थाले १० करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.६७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ११ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा संस्थाको सञ्चालक मुनाफा पनि १०.६७ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा १६ करोड ३७ लाख रुपैयाँ रहेको यस्तो मुनाफा समीक्षा अवधिमा घटेर १४ करोड ६२ लाख रुपैयाँमा सीमित बनेको छ। 

संस्थाको खुद ब्याज आम्दानी ३५.५२ प्रतिशतले घटेर १५ करोड ८९ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी २४ करोड ६५ लाख रुपैयाँ थियो। 

प्रथम त्रैमासमा संस्थाले ६ अर्ब ४५ करोड रुपैयाँ सापटी लिई ११ अर्ब २१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ६ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई १० अर्ब ८४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।

चुक्तापुँजी ५८ करोड ६६ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार १.१४ प्रतिशतले घटेर ४६ करोड १९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ४६ करोड ७३ लाख रुपैयाँ थियो।

संस्थाको खराब कर्जा अनुपात (एनपीएल) थोरै बढेर २.९५ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल २.९२ प्रतिशत थियो। 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ६८.४८ रुपैयाँ कायम भएको छ। गत वर्ष ईपीएस १०६.१८ रुपैयाँ रहेको थियो। मूल्य आम्दानी अनुपात (पीई रेसियो) ६८.४८ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ २५९.१६ रुपैयाँ रहेको छ।