काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९–८०को चौथो त्रैमासमा २ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

आज सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाको यो नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ४७.८१ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले ४ करोड ३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा संस्थाले ३ करोड ३७ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष ४ करोड ८५ लाख सञ्चालन मुनाफा भएको थियो। यो हिसाबले सञ्चालन मुनाफामा ३०.३४ प्रतिशतको गिरावट आएको छ। 

संस्थाको खुद ब्याज आम्दानी ९ करोड ६५ लाख रुपैयाँ छ। जुन अघिल्लो वर्षको तुलनामा २६.१६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यस्तो आम्दानी १३ करोड ७ लाख रुपैयाँ थियो।

समीक्षा अवधिसम्म संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर २.९६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म एनपीएल १.११ प्रतिशत थियो। 

समीक्षा अवधिमा संस्थाले १ अर्ब ४९२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ५ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष १ अर्ब ३२ करोड रुपैयाँ सापटी लिई २ अर्ब ६ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

संस्थाको रिजर्भको आकार ४७.३६ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष ४ करोड ४७ लाख रुपैयाँ रहेको रिजर्भको आकार बढेर ६ करोड ५८ लाख रुपैयाँको उचाइमा पुगेको छ। 

चुक्तापुँजी १४ करोड ६१ लाख रुपैयाँ रहेको संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) १४.८९ रुपैयाँ, पीई रेसियो ७७.९९ गुणा र प्रतिसेयर नेटवर्थ १५९.८९ रुपैयाँ रहेको छ।