काठमाण्डौ । ब्रिटिस कार निर्माता कम्पनी मिनीले केही साताभित्रै आफ्नो लेटेस्ट कार लन्च गर्ने तयारी गरेको छ।
कम्पनीले भारतको आफ्नो नयाँ इलेक्ट्रिक कार लन्च गर्ने तयारी गरेको हो। हालै यो कारको टिजर इन्डियन मार्केका लागि जारी गरिएको छ।
यो कार कम्पनीको लोकप्रिय मिनी कुपरमा आधारित छ। यो कारमा ३२.६केडब्ल्यूएच ब्याट्रीबाट चल्नेछ।
यो मिनी इलेक्ट्रिक कार धेरै हदसम्म मिनी कुपर कारजस्तै देखिन्छ। कार ड्युल टोन बडीका साथ फोक्स ग्रिल दिइएको छ। यसका साथै कारमा अड्याप्टिभ एईडी हेडलाइट्स र इन्टिग्रेटेड डीआरएलएस र न्यारो एयर ड्याम दिइएको छ।
कारको साइडमा बी पिलर्स, डोर माउन्टेड ओआरभीएमएस, ब्ल्याक बडी क्ल्यान्डिङ र १७ इन्च अलोय ह्विल्ज दिइएको छ।
यो मिनी कार रुफटप ग्रे, आइल्यान्ड ब्लुजस्ता कलर अप्सनमा आउनेछ। यो एउटा साना लग्जरी कार हो। जसमा थुप्रै शानदार फिचर्सहरु दिइएका छन्।
कार जडान गरिएको ब्याट्रीले १८४एचपी पावर र २७०एनएमको पिक टार्क जेनेरेट गर्न सक्छ।
कम्पनीका अनुसार कारको रेन्ज २३४ किलोमिटर रहेको छ। यसले प्रतिघन्टा २५० किलोमिटरको रफ्तार दिन्छ।
भारतीय बजारमा यो कारको मूल्य भारु ५० लाखको आसपास रहने अनुमान गरिएको छ। यद्यपि कम्पनीले यो कारको मूल्य सार्वजनिक गरिसकेको छैन। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago