काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ। 

यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँको रेञ्ज पाएको छ । 

यो कम्पनीले कारोबारका लागि बीजीडब्लुती सिम्बोल पाएको छ । यो कम्पनीको कुल ५७ लाख २० हजार ६४७ कित्ता साधारण सेयर सूचीकृत भएको हो । 

यो कम्पनीको सेयर कारोबार दोश्रो बजारमा बिहीवबारदेखि हुनेछ ।