काठमाण्डौ । गजानन(भगवान गणेशको एक नाम) को विराट शिरलाई उदार सोच र बुद्धिको प्रतिकको रुपमा लिइन्छ । बुद्धि, विद्या र ज्ञानका देवता, श्री गणेशले हामीलाई लगानीसँग जोडिएको कुनै पनि निर्णय लिनुपूर्व सदैव आफ्नो बुद्धि र विवेकको उपयोग गर्न प्रेरित गर्नुहुन्छ । यसका साथै राम्रोसँग विश्लेषण गरेर मात्रै लगानी गर्ने कुरामा समेत प्रेरित गर्नुहुन्छ ।
भगवान गणेशलाई गजकर्ण पनि भन्ने गरिन्छ । उनको जस्तो ठूला कान अन्य कुनै पनि भगवानको छैन । किनकि भगवान गणेश मन लगाएर ध्यानपूर्वक सुन्ने गर्नुहुन्छ र बुद्धिमानीपूर्वक भनिएका प्रत्येक कुरालाई ग्रहण गर्नुहुन्छ । लगानीकर्ताले पनि भगवान गणेशबाट उनको यो गुण अनुशरण गर्न आवश्यक रहेको छ । नयाँ नयाँ विचारहरु र जानकारी ग्रहण गर्नबाट कहिल्यै पनि पछाडि हट्नुहुँदैन । यसका साथै आफ्नो वित्तीय सल्लाहकारको सल्लाह पनि सुन्नुपर्ने हुन्छ।
विशाल पेट
विशाल पेट भएका कारण भगवान गणेशलाई लम्बोदर पनि भन्ने गरिन्छ । उहाँले राम्रो नराम्रो प्रत्येक चीजलाई समान रुपमा पचाउन सक्नुहुन्छ । उहाँ हामीलाई बताउनुहुन्छ कि जीवनको उतारचढाबबाट नआत्तिएर आफ्नो गतिमा चलिरहनु पर्दछ । आफ्नो क्षमतालाई यति धेरै बढाउनुपर्छ कि बजारको अस्थिरताहरुको हामी माथि कुनै पनि फरक नपरोस् र आफ्नो खराब निर्णयहरुलाई पनि सहन सकियोस् । आफ्नो लक्ष्यलाई सधै याद राख्नुहोस् । विवेकको साथ जोखिम लिनुपर्दछ र आत्तिनु हुँदैन ।
साना आँखा
विशाल शरीरका बाबजुद गणेश भगवानका आँखा साना तर तेजिलो हुने गर्दछन् । यसले बाहिरी आर्कषणहरुको बीच ध्यान एकाग्र गर्न सक्ने क्षमतालाई दर्शाउने गर्दछ । लगानीकर्ताको दृष्टिकोणबाट भन्नुपर्दा यदि बजारमा उथलपुथल भयो र उत्पादनको बाढी आयो वा बजेटभन्दा धेरै खर्च गर्नका लागि प्रलोभित गरियो भने तपाईले बिना भड्किदै सधैं सोच विचार गरेर कुनै ठोस योजना बनाउनुपर्दछ । तपाईको रणनीति र त्यो योजनासँग जोडिएको सही कदम उठाउँदा नै तपाइँले आफ्नो लक्ष्यहरु हासिल गर्न सक्नुहुन्छ ।
सानो मुख
भगवान गणेशको मुख यति सानो छ कि प्रतिमा र तस्बिरमा मुश्किलले देखिन्छ । उहाँ धेरै बोल्नु हुँदैन । एक लगानीकर्ताका रुपमा तपाइले पनि उहाँबाट प्रेरणा लिनुपर्ने हुन्छ र आफ्नो निर्णय वा लक्ष्यको बारेमा बढाई चढाई बोल्नेबाट बच्नु पर्दछ । तपाइँको मुखभन्दा पनि काम बोल्नु पर्दछ ।
लचिलो गर्धन
गणेश भगवानलाई बक्रकुण्डको नामबाट पनि चिन्ने गरिन्छ । बक्रकुण्डको अर्थ मोडिएको सूँड भन्ने हुन्छ । यद्यपि उहाँको सूँड अत्यन्तै मजबुत हुन्छ । यसका साथै यसले लचिलोपन र अनुकुलतालाई दर्शाउने गर्दछ । कहिलेकाही समायोजन जरुरी हुने गर्दछ । जब कुनै नयाँ अवसर प्राप्त भयो भने तपाई आफूलाई समायोजित गर्नुपर्दछ, ताकि अतिरिक्त लाभ लिन सक्नुहोस् । आफ्नो पोर्टफोलियोलाई सधै समीक्षा गर्ने गर्नु पर्दछ र राम्रो अवसरको ताकमा रहनु पर्दछ । सम्पत्ति विविधकरण, समयावधि समायोजन र लगानी राशिको दृष्टिबाट सदैव एउटा सीमासम्म परिर्वतन गर्नु पर्दछ ।
गजदन्त
भगवान गणेशलाई एकदन्त भनिए पनि उहाँको दुईवटा दाँत छन् । जसमध्य एउटा खण्डित छ । खण्डित अर्थात टुटेको दाँतले आपतबाट बाहिर निक्लने क्षमतालाई दर्शाउने गर्दछ । त्यस्तै अर्काे दाँतले खराब चिजलाई बाहिर निकाल्ने क्षमतालाई दर्शाउने गर्दछ । यसैप्रकार तपाइँमा गलत निर्णयहरुलाई स्वीकार गर्ने र पोर्टफोलियोबाट खराब लगानीलाई निकाल्ने साहस हुनुपर्दछ । यदि कुनै खराब निर्णयलाई नजरअन्दाज गरिन्छ भने तपाइँका लागि आफ्नो लक्ष्य हासिल गर्न धेरै नै मुश्किल हुने गर्दछ ।
चारवटा हात(चतुर्भुज)
गणेश भगवानको चारवटा हात छन् र यी प्रत्येक हातहरुले लगानीको विभन्नि पक्षहरुलाई दर्शाउने गर्दछ । उहाँको एक हातमा अंकुश छ, यसले हामीलाई बजारमा उतार चढावसँगै आउने सबै चिन्ताहरुबाट टाढा राख्ने काम गर्दछ । दोस्रो हातमा मोदक छ, जसको अर्थ हामीले जहिले पनि आफ्नो लक्ष्य बिर्सन हुँदैन भन्ने हुन्छ । तेस्रो हातमा पाश(डोरी) छ , जसको अर्थ जुन प्रकारले डोरीले कुनै व्यक्तिलाई माथि तान्न सहयोग गर्ने गर्दछ, त्यस्तै हाम्रो लगानीे जीवनमा माथि ल्याउने खालको हुनुपर्दछ । अन्तिम र चौथो हात अभयमुद्रामा छ । जसले लाभ मात्र बढाउनु भन्दा अन्य लक्ष्यलाई पनि दर्शाउँछ । यदि तपाइँ आफ्नो ह्दयलाई सुन्न सक्नुहुन्छ र आवश्यकमा परेकालाई सहयोग गर्न सक्नुहुन्छ भने तपाइँ वास्तवमै भाग्यशाली हुनुहुन्छ ।
मुसा
भगवान गणेशको बाहन मुसा हो । एउटा मुसालाई नियन्त्रणमा राख्न नसक्दा त्यसले घरलाई समस्यामा राख्न सक्छ । यसले परिवारका सदस्यहरुको सुख शान्ति खलबलाइदिन्छ । यहाँ गणेश भगवान हामीलाई भन्नुहुन्छ कि हामी लोभ लालचबाट बच्दै आफ्ना इच्छाहरुलाई नियन्त्रणमा राख्नु पर्दछ । सफल लगानीको मुख्य आवश्यकताहरुमा एउटा तत्व हो, अनुशासन । प्रत्येक कुरा अनुशासनमा निर्भर हुने गर्दछ । आफ्नो बजेटभन्दा बाहिर कहिल्यै जानु हुँदैन र सामान्य रहन सहन अपनाउनु पर्दछ । यस प्रकार तपाइँले आफ्नो लक्ष्य चाँडै हासिल गर्न सक्नुहुन्छ ।
शुभारम्भका देवता
गणेश प्रथम पूजनीय देवता हुनुहुन्छ । कुनै पनि आराधना, अर्चना, अनुष्ठानमा सबैभन्दा पहिले भगवान गणेशको पूजा हुने गर्दछ । लगानी पनि यस्तै नै हो । यसलाई सदैव प्राथमिकता दिनुपर्दछ । खर्च गर्नुभन्दा अघि बचत गर्नु पर्दछ र जीवनको महत्वपूर्ण घटनाहरु भन्दा अघि लगानी गर्ने गर्नुपर्दछ । यदि सुरुवात सही रह्यो भने अन्त्य पनि शानदार हुनेछ ।
बाधाहरु हटाउनेवाला
विघ्नकर्ताको रुपमा गणेश भगवान हाम्रो मार्गमा आउने सबै प्रकारका बाधा अड्चनहरुलाई हटाउने काम गर्नुहुन्छ । राम्रो लगानीले पनि यही काम गर्ने गर्दछ । यसले हाम्रो मार्गमा आउने चुनौति, बाधाहरु र समस्याहरुलाई टाढा गर्नमा हाम्रो मद्दत गर्ने गर्दछ र हामीलाई सुखी जीवन जिउनमा सहयोग गर्दछ ।
साथी
गणेश भगवानको दुईवटा श्रीमति छन्, ऋद्धि र सिद्धि । सही योजना र उचित लगानीको साथमा हामी पनि सुख समृद्धिको साथ जीवन जिउन सक्दछौं । यदि तपाइँले पनि भगवान गणेशबाट हामीलाई दिनुभएको शिक्षालाई बुझ्नुभयो र यसलाई आचरणमा उतार्नु भयो भने तपाइँको लगानी तपाइँका लागि बरदान सावित हुनेछ ।
(एजेन्सीको सहयोगमा)
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago