काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सर्वसाधारणका लागि आगामी भदौ २८ गतेदेखि दशैंका लागि आवश्यक नयाँ नोट सटहीको व्यवस्थापन गर्ने भएको छ ।
संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्थाले भने यो सुविधा भदौ २१ गतेदेखि नै पाउनेछन् ।
नेपाल राष्ट्रबैंकको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै भदौ २८ गतेदेखि रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा÷सुकिलो नोटहरु प्रति व्यक्ति अधिकतम रु. २०,०००।– का दरले सटही सुविधा उपलव्ध गराइने जनाएको हो ।
यसअघि निजी बैंकहरुलाई समेत नयाँ नोट सटहीको सेवा संचालन गर्न दिइए पनि सो कार्य विवादित भएको र सेवाग्राहीबाट निजी बैंकहरुले पक्षपातको आधारमा नयाँ नोट साटेका धेरै आरोप आएपछि यसपटक भने केन्द्रीय बैंकले सरकारी लगानीका तीनवटा बैंक र तिनका शाखाबाट मात्र नयाँ नोट सटही हुने व्यवस्था गरेको छ । अब राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट मात्र नयाँ नोट सटहीको सुविधा प्राप्त हुनेछ ।
सर्वसाधारणले कहाँ कहाँबाट पाउँछन् त नयाँ नोट साट्न ? यो सूचि हेर्नुहोस्:
नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका सटही काउण्टरहरुबाट पनि सर्वसाधारणले भाद्र २८ गतेदेखि नै रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा÷सुकिलो नोटहरु साट्न पाउनेछन् । तर, यो ठाउँबाट भने प्रति व्यक्ति अधिकतम रु. २७,०००।– का दरले सटही सुविधा पाइनेछ ।
सटही सुविधालाई सहज ढङ्गबाट सम्पादन गर्न भन्दै प्रत्येक दरका नोटको खुद्रा संख्या १०० को प्याकेटका आधारमा मात्र सटही गरिने भएकोले सोही बमोजिम नोट सहटीको माग गरी नोट सटही कार्यलाई सहयोग गर्न समेत राष्ट्रबैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
संवैधानिक निकाय, नेपाल सरकारका कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी अन्य संघ संस्था लगायत कार्यालयहरुलाई सम्बन्धित निकायको पत्रको आधारमा नयाँ, सफा÷सुकिलो नोटको उपलव्धता हेरी सटही गर्ने कार्य मुद्रा व्यवस्थापन विभाग, थापाथलीको काउण्टरबाट २०७४ भाद्र २१ गतेदेखि ३० गतेसम्म नोट सटही सुविधा उपलव्ध गराइने बताइएको छ ।
राष्ट्रबैंकका उपत्यका बाहिरका कार्यालयहरु र यस बैंक मातहत संचालित नोटकोष रहेका वाणिज्य बैंकहरुले समेत २०७४ भाद्र २८ गतेदेखि सर्वसाधारणहरुलाई नयाँ सफा÷सुकिलो नोट सटहीको सुविधा उपलब्ध गराउनुपर्ने सूचनामा उल्लेख छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago