NIC Asia Bank Limited
काठमाण्डौ । एनआइसी एशिया बैंकले सोमबार एक कार्यक्रमबीच भरतपुर महानगरपालिका ६, चोक बजार, चितवन स्थित गीतानगर–चोकबजारमा नयाँ शाखाको उद्घाटन गरेको छ ।
भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल र बैंकका संचालक राजेन्द्र अर्यालले सो शाखाको संयुक्त उद्घाटन गरेका हुन् ।
सो कार्यक्रमका प्रमुख अतिथी दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको भन्दै यस्ता रणनीतिले देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
संचालक राजेन्द्र अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने बताए ।
अब यो बैंक मुलुकभर गरी १९२ शाखा कार्यालयहरु, १९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्राञ्चलेस बैंकिङ्ग मार्पmत् बैकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो संजाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू १५४ अर्ब भन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब रू १०६ अर्ब र कुल निक्षेप करिब रू १३० अर्ब पुगीसकेको छ । यो सँगै वासलात, कुल कर्जा तथा कुल निक्षेपको आकारको हिसाबले निजी लगानीमा स्थापित बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago