काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले जेठ १९ गते आईतबार भरतपुर नगरपालिका वार्ड नं. २६ मा स्थापित मिलनचोक शाखा कार्यालयको औपचारिक उद्घाटन कार्य सम्पन्न गरेको छ ।  

सो शाखा कार्यालयको उद्घाटन भरतपुर महानगरपालिका वार्ड नं. २६ का वडाध्यक्ष ज्ञानप्रसाद खनाल र विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा बोल्दै विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले देशको मुख्य व्यापारिक केन्द्रको रुपमा विकसित हुदैं गएरहेको चितवनमा यस विकास बैंकको उपस्थिति राम्रो रहेको र ग्राहकहरुबाट समेत सकारात्मक सहयोग प्राप्त भएको कारण यस क्षेत्रमा थप शाखाहरु खोल्न सदैव उत्प्रेरित भइरहेको बताए । 

त्यसैगरी, विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले विकास बैंक ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाहमा सदैव प्रतिबद्ध रहने जानकारी दिए ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ७६ शाखा र ३३ वटा एटीएम संचालनमा छन् । विकास बैंकले निकट भविष्यमा नै देशका विभिन्न १५ स्थानमा शाखा कार्यालय स्थापना गर्दैछ ।