काठमाण्डौ । एनआइसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रा.लि.बीच रेमिटान्स सम्झौता भएको छ ।
यो सम्झौतासँगै स्वदेश तथा विभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम एनआइसी एशिया बैंकका देशभर रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टरमार्फत सरल र सुलभ रुपमा ग्राहकले भुक्तानी पाउने छन् ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनी मनी ट्रान्सफरको तर्फबाट प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरे ।
हाल यो बैंकको देशभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखारहित बैंकिङ्ग ईकाईको वृहत सञ्जाल रहेको छ भने बैंकमा करिब १६ लाख ग्राहक रहेका छन् ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19