काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनि ट्रान्सफरबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । 

सम्झौतापश्चात भाटभटेनी मनी ट्रान्सफरको बिप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभर फैलिएका आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरुबाट करिब चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।