काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतको एक्सिस बैंक लिमिटेडबीच विप्रेषण सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेडमार्फत भारतबाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपालभर रहेका ८१ वटा शाखाहरु बाट भुक्तानी पाउनेछन् ।
बैंकले यसअघि कतारको दोहा बैंक, यू.के कोक्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सियल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेञ्ज लिमिटेड, यू.ए.ई को अलअहलिया मनि एक्सचेञ्ज ब्यूरो, अलअन्सारी एक्सचेञ्ज, एक्सप्रेस मनि सर्भिसेस, अलदहाब एक्सचेञ्ज र अल्फा एक्सचेञ्जसंग सम्झौता गरी ती विप्रे्रषण कम्पनीहरुबाट बैंकिङ्ग प्रणालीमार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरुबाट गर्दै आइरहेको छ ।
यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरुसंग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट, सिजि मनि र मुक्तिनाथ रेमिटबाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ ।
यसका साथै बैंकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेका विभिन्न विप्रेषण कम्पनीसंग सम्झौता गरी विप्रे्रषण सेवालाई विस्तार गर्दै लैजाने योजना राखेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19