काठमाण्डौ । भारतमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि राष्ट्रव्यापी रुपमा लागू गरिएको लकडाउनका कारण त्यहाँका विभिन्न भागमा मृृत्युुदर नाटकीय रुपमा कमी आएको छ । सन् २०१९ डिसेम्बरमा पहिलो पटक चीनमा देखिएको कोरोनाभाइरसको वास्तिवक प्रभावलाई निर्धारण गर्न विश्वव्यापी रुपमा भइरहेको मृत्युुदरको छानविन भइरहेको छ ।
विश्वभर कोरोनाबाट करीब २७ लाख मानिसहरु संक्रमित भएका छन् भने १ लाख ९० हजार मानिसहरुको यसबाट मृत्युु भइसकेको छ । विश्वका केही देशहरुमा मृत्युुदर बढिरहेका बेला भारतमा भने अवस्थाविपरीत देखिएको छ । मृत्युुदर घटिरहेकाले भारतका कतिपय स्थानहरु, अस्पतालहरु, अन्तेष्ठि घरहरु र अन्तिम संस्कार हुुने ठाउँहरु के भइरहेको छ भनेर आश्चर्यचकित भएका छन् ।
“हाम्रा लागि यो आश्चर्य हो ।” कोलकता र बैंगलोरमा रहेको अन्तेष्ठि फ्युुनरल सर्भिसेसकी कार्यकारी प्रमुुख श्रृति रेड्डीले भनिन् ।
यो वर्षको जनवरी महिनामा कम्पनीले औसतमा दैनिक करीब ५ वटा लाशलाई अन्तेष्ठि गर्ने काम गर्दथ्यो भने यो महिनामा भने दिनको करीब ३ वटा लाशको मात्रै अन्तेष्ठि गरिरहेको छ । “तय गरेको भन्दा कम आम्दानी हुुन थाल्यो भने हामीले कर्मचारीको तलब काट्ने घोषणा गरेका छौ ।” रेड्डीले भनिन् ।
महानगरपालिकाको आँकडा अनुुसार १ करोड २० लाख मानिसको बसोबास रहेको सेन्ट्रल मुुम्बइमा मार्च महिनामा मृत्युुदरमा सन् २०१९ को सोही अवधिको तुुलनामा २१ प्रतिशतको गिरावट आएको छ ।
भारतका अन्य सहरका आँकडाहरुले पनि यस्तै अवस्था देखाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुुजरातमा अवस्थित अहमदावादको मृत्युुदरमा पनि मार्च महिनामा ६७ प्रतिशतको कमी आएको छ ।
मृत्युु दरमा व्यापक गिरावट आएपछि भारतमा रहेका अन्तेष्टि गृहका आम्दानीमा व्यापक कमी आइरहेको छ ।
“यदि हामीले मृत्युु दरमा कमी आइरहेको देखिरहेका छौ भने यसले कोरोनाको संक्रमण धेरै रहेको भन्ने आशंकालाई नकारी दिएको छ ।” हेल्थ फाउन्डेसन अफ इन्डियामा सार्वजनिक महामारीका प्राध्यापक गिरीधर बाबुले भने ।
कम दुर्घटना
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च २५ मा भारतभर लकडाउन लागू गरेका थिए । यो लकडाउनले भारतका १ अर्ब ३० करोड जनतालाई घरमै सीमित गरेको थियो । भारतमा लकडाउन लागू भएपछि कोरोनाबाट संक्रमित हुुनेको संख्या २३०७७ पुुगेको छ भने मृत्युु हुुनेको संख्या ७१८ पुुगेको छ ।
भारतले अहिलेसम्म ५ लाख २५ हजारको जाँच गरेको छ । परीक्षण गरिएकामध्ये ४ प्रतिशत मानिसहरु पोजेटिभ देखिएका छन् ।
अमेरिकामा परीक्षण गरिएकामध्ये १८ प्रतिशत पोजेटिभ देखिएका छन् ।
भारतको अन्य देशभन्दा कम मृत्युुदर देखिएको छ । नेदरल्याण्डमा अप्रिल महिनाको पहिलो साता सामान्य अवस्थामा भन्दा करीब २ हजार बढी मानिसको मृत्युु भएको थियो । त्यस्तै इन्डोनेसियाको राजधानी जकार्तामा मार्च महिनामा अन्तेष्ठि गर्ने संख्यामा व्यापक वृद्धि भएको छ । इटलीका केही सहरमा पनि मृत्युु दर बढेको पाइएको छ ।
भारतका डाक्टर, सरकारी अधिकारीहरु र अन्तेष्ठि गर्ने कर्मचारीको अनुुमानका अनुुसार भारतमा घटेको सडक दुुर्घटना र रेल दुुर्घटनाका कारण मृत्युु दरमा कमी आएको हो ।
डाक्टर हेमन्त विश्व शर्माका अनुुसार सडक दुुर्घटनाका घटना र मद्यपान वा लागुुऔषध दुव्र्यसनबाट र हृदयघातका कारण मर्ने मानिसहरुको संख्यामा कमी आइरहेको छ ।
एक आधिकारिक आँकडा अनुुसार सन् २०१८ मा भारतमा सडक दुर्घटनाका कारण १५१४०० भन्दा धेरै मानिसको मृत्युु भएको थियो । जुुन संख्या विश्वको सबैभन्दा धेरै हो ।
सडक विभागका डाइरेक्टर परेस गोयलका अनुसार सन् २०१८ को तुुलनामा यो वर्ष सडक दुुर्घटनामा १५ प्रतिशतले कमी आउने प्रक्षेपण गरिएको छ । विश्वको सबैभन्दा ठूलो रेल सञ्जाल भएको भारतमा लकडाउनका कारण रेल सेवा ठप्प छ । जसका कारण रेल दुुर्घटनाबाट मृत्युु हुुनेको संख्यामा पनि कमी आएको छ ।
कम हत्या
भारतमा मृत्युुदरमा कमी आउनुुको अर्काे कारण हत्याको दरमा कमी आउनुु पनि हुुन सक्छ । भारतका अन्तेष्ठि गृहका अनुुसार हत्या भएका लाशहरुमा कमी आएको छ । पहिले दुुर्घटनाका करीब १० वटा लाश आउने गरेकोमा अहिले प्राकृतिक रुपमा मृत्युु भएकाको मात्रै लाश आउने गरेको उनीहरुले बताएका छन् ।
-एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago