काठमाण्डौ । नेपाल राष्टबैंकले भारतमा चलिरहेको प्रणाली पछ्याउँदै मार्जिनल कस्ट अफ फण्डिङ बेस्ड लेण्डिङ रेट(एमसिएलआर)मा अधिकतम १ प्रतिशत ब्याज दिएर पैसा भित्र्याउन पाउने व्यवस्था गरेको छ ।
यसअघि नै केन्द्रीय बैंकले नेपालका वाणिज्य बैंकहरुले भारतीय मुद्रामा ऋण भित्र्याउनसक्ने नीतिगत व्यवस्था गरिदिएको थियो । तर, त्यसबेलाको व्यवस्थाका केही अप्ठ्याराहरुलाई किनारा लगाउँदै भारतीय बैंकहरुलाई केही बढी ब्याज तिरेरै भएपनि पैसा भित्र्याउन पाउने व्यवस्था गरिएको हो ।
यसअघिको व्यवस्थामा ३६४ दिने ट्रेजरी बिल्सको दरमा एक प्रतिशत प्रिमियम थप दिएर मात्र ऋण ल्याउन पाइने ब्यवस्था थियो। यो व्यवस्थाका कारण कम प्रतिफल आउने भएपछि भारतीय बैंकहरु नेपाली बैंकलाई ऋण सापटी दिन अनिच्छुक देखिएपछि राष्ट्रबैंकले आफ्नो नियममा केही लचकता अपनाएको हो ।
मंगलबार केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थाप विभागले वाणिज्य बैंकहरुलाई एक निर्देशनमार्फत संसोधित व्यवस्थाको विषयमा सूचित गराएको हो।
केन्द्रीय बैंकको निर्देशन यस्तो छः
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago