काठमाण्डौ । नोबेल कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ‘विश्वव्यापी महामारी’ घोषणा गरेसँगै भारतीय सेयरबाट भीषण पहिरो गएको छ। जसका कारण कारोबार खुलेको १ मिनेटमै भारतीय सेयर बजारमा लगानीकर्ताले भारु ६ लाख करोड रुपैयाँ (नेरु ९.६ लाख करोड रुपैयाँ) गुमाउन पुगेका छन्। 

कोरोना भाइरसलाई विश्वव्यापी महामारी गरेसँगै यसको प्रभाव विश्वभरको सेयर बजारमा भारी गिरावट आएको छ। यसको प्रत्यक्ष प्रभाव भारतीय सेयर बजारमा पनि देखियो। बजार खुल्नासाथ सेन्सेक्समा १२०० अंकको गिरावट देखिएमा बढ्दै १८०० अंक अर्थात ५.२१ अंकको गिरावट आइसकेको छ। त्यहीँ निफ्टीमा २० प्रतिशतले घट्दा बियरिस मार्केटमा प्रवेश गरेको छ। 

अहिले भारतीय सेयर बजारको सेन्सेक्सका हरेक कम्पनीको सेयरमा रातो पोतिएको छ। सबैभन्दा धेरै गिरावट टाटा स्टिल, ओएनजीसी, टाइटन, एसबीआईको सेयरमा देखिएको छ। यी सबैमा ७ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। 

निफ्टीमा भने यस बैंक, टाटा मोटर्स, टाटा स्थिल र वेदान्ता सेयरमूल्यमा सबैभन्दा बढी गिरावट आएको छ। – एजेन्सी