काठमाण्डौ। कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि भारतमा देशव्यापी लकडाउन लागू गरिएको छ।
कोरोनाको जोखिमका कारण भारतको सर्वाेच्च अदालतले भिडियो कन्फ्रेन्सका माध्यमबाट सुुनुुवाइ गरिरहेको छ। सर्वाेच्च अदालतले सबै हाईकोर्टलाई भिडियो कन्फ्रेन्सिङमार्फत सुुनुुवाइ गर्न र यसका लागि नियम बनाउन आदेश दिएको छ।
यतिकेला भारतका हाईकोर्टहरुले भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुुनुुवाइ गरिरहेको छ। शुुक्रबार राजस्थानको हाइकोर्टमा भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुुनुुवाई भइरहेको बेला भएको एउटा अचम्मको घटना अगाडि आएको छ। जसबाट अदालतका न्यायाधीश सञ्जीव प्रकाश शर्मा पनि हैरान भए।
वास्तवमा लालाराम बनाम राजस्थान सरकार मामिलामा भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुुनुुवाइका क्रममा वकिल गन्जी लगाएर कोर्टमा पेस भएका थिए। वकिल गन्जी लगाएर कार्टमा पेस भएपछि न्यायाधीश शर्मा रिसाएर र उनले सुुनुुवाइ रोकिदिए।
भारतमा भिडियो कन्फ्रेन्सिङका माध्यमबाट सुुनुुवाइ गर्दा अनिवार्य रुपमा वकिलले लगाउने पूरै पोसाक लगाउनुुपर्ने अनियम बनाइएको छ। न्यायाधीश शर्माले कोर्टमा पेस हुँदा वकिलले मर्यादा पालना नगरेकाले सुुनुुवाइलाई बीचैमा रोक्नुु परेको बताए। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago