काठमाण्डौ । भारतीय सेयर बजारमा एक वर्षयताकै ठूलो उछाल आएको छ।
धितोपत्र कारोबार हुने साताको दोस्रो दिन मंगलबार भारतीय सेयर बजारमा भारी अंकको बढोत्तरी भएको हो। आज बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स १७३६ अंक अर्थात ३.०८ प्रतिशतले वृद्धि भएको छ। जुन गत वर्ष फेब्रुअरी १ यताकै एक दिनको उच्च वृद्धि हो।
योसँगै आज सेन्सेक्स ५८१४२ को विन्दुमा पुगेर बन्द भएको छ।
त्यस्तै नेसनल स्टक एक्सचेन्जको निफ्टी पनि ५०९ अंकले बढेको १७३५२ को विन्दुमा पुगेको छ।
आज भारतीय सेयर बजारमा वित्तीय र आईटी कम्पनीका सेयरभाउमा उल्लेख्य वृद्धि भएको छ। लगानीकर्ताको सम्पत्ति आज एकैदिन भारु ६.७६ लाख करोडले बढेको छ।
आज सेन्सेक्समा सूचीकृत सबै ३० कम्पनीका सेयरमा बढोत्तरी भएको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19