काठमाण्डौ । भारतको नेसनल स्टक एक्सचेन्ज (एनएसई) की पूर्वप्रमुख चित्रा रामकृष्णविरुद्ध सीबीआईले मुद्दा दर्ता गरेको छ।
सीबीआईले दायर गरेको मुद्रा एनएसई सहस्थान (को–लोकेसन) मामिलामा दर्ता गरिएको हो। आरोपत्रमा स्टक एक्सचेन्जका पूर्वगुप्र अपरेटिङ अफिसर आनन्द सुब्रमन्ड्यमको नामसमेत समावेश छ।
सीबीआईले ‘को लोकेसन’ मामिलामा चित्रा रामकृष्णलाई गत मार्च ६ मा पक्राउ गरेको थियो। त्यस्तै आनन्द सुब्रमन्ड्यमलाई जनवरी २५ मा पक्राउ गरिएको थियो। रामकृष्णविरुद्धको आरोप सीबीआई विशेष अदालतमा दर्ता गरिएको हो।
रामकृष्णकाले पदको दुरुपयोग गर्दै आनन्द सुब्रमन्ड्यमलाई एनएसईको गुप्र अपरेटिङ अफिसरबाट पदोन्नति गर्दै म्यानेजिङ डाइरेक्टर नियुक्त गरेको आरोप सीबीआईले लगाएको छ। यस क्रममा उनले स्टक एक्सचेन्जको सञ्चालक समिति र एनआरसीको अनुमति नलिएको जनाइएको छ।
को–लोकेसन नेसनल स्टक एक्सचेन्जको एउटा सेवा हो। जसका माध्यमबाट ब्रोकरहरुले आफ्नो सर्भरलाई एनएसईको परिसरमै राख्न सक्छन्। यसले ब्रोकरहरुलाई सेयर बजारको अपडेट चाँडो प्राप्त गर्न सजिलो हुन्छ। तर, जब अनुसन्धान एजेन्सीहरुलाई यो सेवामार्फत घोटाला भएको थाहा भयो तब केही ब्रोकरहरुले एल्गोरिदममा छेडखानी गरेर करोडौँ मुनाफा आर्जन गरेको पत्ता लाग्यो।
भारतीय सेयर बजार नियामक सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी)को यसअघिको रिपोर्टमा रामकृष्णले कुनै अदृश्य योगीको ईशारामा एनएसईको दैनिक कामकारबाही गर्ने गरेको जनाइएको थियो। यही अदृश्य योगीको सल्लाहमा रामकृष्णले आनन्द सुब्रमन्ड्यमलाई नियुक्त गरेकी थिइन्। उनले ती अदृश्य योगीसँग ई–मेलमार्फत कुरा गर्ने गर्थिन्।
पछि सीबीआईले अदृश्य योगी भनिएका व्यक्ति आनन्द सुब्रमन्ड्यम नै भएको खुलासा गरेको थियो। –एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago