काठमाण्डौ । भारतीय सेयर बजारमा आज उछाल आएको छ।
विश्व बजारबाट आएको राम्रो संकेतका कारण भारतीय सेयर बजार उछाल आएको हो। बैंकिङ, अटो, एफएमसीजी, फार्मा क्षेत्रमा परेको खरिदचापले भारतीय बजार बढ्न टेवा पुगेको छ।
आज सेन्सेक्स १३१ अंकले बढेर ५९९९७ को विन्दुमा कारोबार गरिरहेको छ । यो ४ महिनायताकै उच्च विन्दु हो।
अर्कोतर्फ निफ्टी ४३ अंकले १७८७१ को विन्दुमा कारोबार गरिरहेको देखिन्छ।
प्रारम्भिक कारोबारमा सेन्सेक्स ६०००० स्तरमा पुगेको थियो। एनटीपीसी, ग्रासिम निफ्टीमा शीर्ष नाफा भएका छन्।
अमेरिकी बजारमा उकालो लाग्ने क्रम जारी छ। मंगलबार अमेरिकी बजार ४ महिनाकै उच्च विन्दुमा पुगेको थियो। डाउ जोन्स २३९ अंकले बढेर ३४१५२ मा बन्द भएको थियो। तर, नास्डक २५.५० अंकले घटेर बन्द भएको थियो। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19