काठमाण्डौ । विश्व बजारबाट आएको गिरावटको प्रभाव भारतीय बजारमा पनि देखिएको छ।
साताको पहिलो कारोबार दिन सोमबार सेन्सेक्स ९५४ अंकले घटेर ५७ हजार १४५ मा बन्द भएको छ। निफ्टी १७१०० भन्दा तल ओर्लिएको छ। यो २९७.९० अर्थात १.७२ प्रतिशत तल झरेर १७०२९ को विन्दुमा बन्द भएको छ।
रियल्टी, अटो, मेटल, पीएसयू बैंकको सेयर सबैभन्दा बढी गिरावट आएको छ। अन्य सबै क्षेत्रको बिक्रीले पनि बजारलाई दबाबमा राखेको छ।
मिडक्याप र स्मालक्याप करिब ३ प्रतिशतले कमजोर देखिएको छ। पछिल्लो ४ कारोबार सत्रमा लगानीकर्ताले भारु १३ लाख करोड गुमाएका छन्। बीएसईमा सूचीबद्ध कम्पनीहरुको बजार पुँजीकरण सेप्टेम्बर २० मा भारु २८३ लाख करोडको थियो। जुन घटेर भारु २७० लाख करोड झरेको छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19