काठमाण्डौ । भारतीय सेयर बजारमा शुक्रबार उछाल आएको छ। 

आज सेन्सेक्ट ४६६.९५ अंकले बढेर ६३३८४.५८ को विन्दुमा बन्द भएको छ। इन्ट्राडेमा सेन्सेक्ट ६३५२०.३६ को विन्दुसम्म पुगेको थियो।

योसँगै सेन्सेक्ट अलटाइम हाई नजिक पुगेको छ। यसअघि २०२२ डिसेम्बर सेन्सेक्स ६३५८३.०७ को विन्दुमा पुगेको छ। जुन हालसम्मकै उच्च हो। 

आज निफ्टी पनि १३७.९० अंकले बढेर १८८२६ को विन्दुमा बन्द भएको छ। निफ्टीमा आईटी र रियल्टीलाई छोडेर अन्य सबै इन्डेक्समा बढोत्तरी भएको छ। बैंक तथा मिडिया सेयरमा सबैभन्दा बढी वृद्धि भएको छ। निफ्टी पीएसयू बैंक इन्डेक्स १.४६ प्रतिशत र मिडिा १.०८ प्रतिशतले बढेको छ। 

सेन्सेक्समा ३० कम्पनीको सेयरमध्ये २६ वटामा बढोत्तरी भएको छ भने ४ वटामा गिरावट आएको छ। गिरावट आएको सेयरमा ब्रिपो, टीसीएस, पावर ग्रिड र टेक महिन्द्रा छन्। बढेका सेयरमा बजाज, टाइटन, कोटक बैंक, एचडीएफसी बैंकलगायतका सबैभन्दा बढी बढोत्तरी भएको छ। –एजेन्सी