काठमाण्डौ । भारतीय सेयर बजारले सोमबार पनि कीर्तिमानी उचाइ छोएको छ । 

यो दिन सोमबार सेन्सेक्स पहिलो पटक ७० हजार नाघेर ७० हजार ०५७ विन्दुमा पुगेको छ । सेन्सेकस आज पहिलो पटक ७० हजार नाघेको हो । यसैगरी, निफ्टीले पनि २१ हजार २६ विन्दु पार गरेको छ ।

यसअघि, सेन्सेक्स १०० अंकले बढेर ६९ हजार ९२५ विन्दुमा खुलेको थियो। निफ्टी पनि ८२ अंकले बढेर २० हजार ९६५ को स्तरमा खुलेको थियो ।  बैंक निफ्टीले पनि ४७ हजार ५८८ विन्दुमा पुगेर नयाँ रेकर्ड कायम गरेको छ । तर अहिले त्यहाँको सेयर बजारमा स्थिर कारोबार भइरहेको छ । 
उता नेपालका सेयर बजार पनि आइतबार सम्हालिंदै  गएको अवस्था छ ।करिब दुई वर्षपछि बढेको बजार अघिल्लो कारोबार दिन आइतबार ६ प्रतिशतले बढेको थियो ।यो समाचार तयार पार्दाको समय १: ३६ सम्मा नेप्से सूचक २४ प्रतिशतले घटेपनि कारोबार भने ३ अर्ब ३९ करोड रुपैयाँभन्दा माथि भइरहेको छ ।

यो दिन सोनापुर मिनरल्स एन्ड आयल, सिटिजन्स लाइफ इन्स्योरेन्स र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको  उच्च कारोबार भइरहेको छ ।बोटलर्स नेपाल र डोल्टी पावर कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको  छ। १३ वटा समूहमध्ये म्युचुअल फन्ड बाहेक अरु समूह राताम्मे छन् ।

नेपालका पूँजीबजार विश्लेषकहरु नेपाल राष्ट्र बैंको मौद्रिक समीक्षा बजार मैत्री आएकोले बजारको भविष्य सुखद रहेको र लगानीकर्ताले होस पुर्‍याएर कारोबार गर्नुपर्ने बताउँछन् ।

उनीहरुका अनुसार अवको बजार यात्रा अगाडि नै बढ्ने हो ।यसका लागि सबै पक्षले सहकार्य गरेर नै पूँजीबजारलाई अगाडि बढाउनु पर्दछ ।

उता विश्व सेयर बजार पनि सकारात्मक रहेको  छ। अमेरिकी सेयर बजारमा पनि हरियाली छाएको छ ।

एसएण्डपी ५०० त्यस दिन ०.४१ प्रतिशत बढेर ४ हजार ६०४.३७ र नाष्डाक पनि ०.४५ प्रतिशतले बढेर १४ हजार ४०३.९७ विन्दुमा छ। त्यसो त एशियाली सेयर बजारमा पनि हरियाली छाएको छ ।