काठमाण्डौ । भार्गव विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोन सेयर र कर प्रयोजनका लागि १.०५ नगद लाभांश वितरणको घोषणा गरेको छ । 

कात्तिक ६ गते बसेको बैंकको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नियामक नेपाल राष्टबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

आर्थिक वर्ष २०७१/७२ मा पनि यो बैंकले २० प्रतिशत नै बोनस सेयर वितरण गरेको थियो । 

यो विकास बैंकले अघिल्लो आर्थिक वर्षमा कुल २ करोड ५८ लाख रुपैयाँ खूद नाफा आर्जन गरेको थियो । यो बैंकको चुक्तापूँजी १२ करोड रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी १४ करोड ४० लाख पुग्नेछ ।