काठमाण्डौ । भार्गव विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ५.५५५५६ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको सोमबार साँझ बसेको १७८ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ सम्मको सञ्चित मुनाफाबाट हकप्रद सेयरको बाँडफाँडपछि कायम हुने चुक्तापूँजी ४७ करोड ५२ लाख रुपैयाँको ५.५५५५६ प्रतिशतले हुन आउने २ करोड ६४ लाख बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । 

साथमा कर प्रयोजनका लागि ०.२९२४ प्रतिशत नगद लाभांश(१३ लाख ८९ हजार ४ सय ७३ रुपैयाँ) समेत वितरणको निर्णय गरेको छ ।

यो निर्णय नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।