काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौंको मीनभवनस्थित भिएस निकेतन स्कूलमा एटिएम सेवा शुभारम्भ गरेको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल तथा भिएस निकेतनका उबिन  पोखरेलले संयुक्त रुपमा उक्त एटिएम सेवाको उद्घाटन गरेका हुन् । 

यसले गर्दा स्कूलका  सेवाग्राही तथा मीनभवन क्षेत्र र वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, २०६४ बैशाख ७ गते देखि २०आंै वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपले सेवा दिंदै आएको यो बैंकको हाल देशभर ८१ वटा शाखा, ७८ वटा एटीएम र १०० वटा शाखारहित बैंकि इकाई रहेका छन् । बैंकका करिब ४ लाख ग्राहक रहेका छन् ।