काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले भैरहवामा शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ।

सो शाखा कार्यालय सोमबार बैंकका संचालक केदारनाथ गौतम र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका अध्यक्ष रामकुमार शर्माबाट संयुक्त उद्घाटन गरिएको हो।

यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।