काठमाण्डौ । शाखा सञ्जालमा देशकै ठूलो बैंक, एनआइसी एशियाले शाखा बिस्तारको आफ्नो गतिलाई अझै निरन्तरता दिइरहेको छ । यही क्रममा यो बैंकले शुक्रबार भोजपुरमा समेत आफ्नो नयाँ शाखा संचालनमा ल्याएको हो । 

बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुरस्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर वीरबल राईले कात्तिक ९ गते एक भव्य समारोहका बीच उद्घाटन गरेका हुन् । 

योसहित यो बैंकको देशभरको शाखा संख्या २६४ पुगेको छ भने एटीएमको संख्या २६२ र एक्सटेन्सन काउण्टरको संख्या २६ तथा शाखा रहित बैंकिङ्ग ईकाईको संख्या १८ पुगेको छ । 

बैंकको वासलातको आकार रू. १९९ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १३८ अर्ब पुगी निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५०हजार रहेको छ ।