काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले भोजपुर जिल्लाकोे भोजपुर नगरपालिकाको हेलौंछामा असोज ७ गते आफ्नो १०२ औं शाखारहित बैंकिङ इकाईको सुरुवात गरेको छ ।
सो शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन जिल्ला समन्वय समिति भोजपुरका सदस्य टंकबहादुर तामाङ, भोजपुर नगरपालिका वडा नं. २ का अध्यक्ष कुमार राई तथा सोही नगरपालिका वडा नं. १ का अध्यक्ष बिष्णुकुमार भुजेलले दिप प्रज्वलन गरी संयुक्त रुपमा गरेका छन् ।
उद्घाटन समारोहमा स्थानिय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी लक्ष्मी किराना पसलका प्रोप्राइटर सन्तोष कट्वाललाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।
सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी, लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ ।
हाल सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा ए.टि.एम. र १०२ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19