काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरु असार १ गते (आजबाट) देखि साबिकको कार्यालय समयअनुसार नै संचालन हुने भएका छन् ।
यसको अर्थ सरकारले भनेजस्तो दुई सिफटमा बैंक तथा वित्तीय संस्थाका कार्यालय संचालन गर्न नपर्ने भएको छ ।
सरकारले निजी तथा सरकारी कार्यालयहरु असार १ गतेदेखि बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो सिफ्ट र दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म दोश्रो सिफ्ट गरी २ सिफ्टमा संचालन गर्नुपर्ने निर्णय गरेको थियो ।
तर, नेपाल राष्ट्रबैंकले भने बैंक तथा वित्तीय संस्थाहरुलाई आइतबार एक सर्कुलर पठाउँदै साबिककै कार्यालय समय बमोजिम नै संचालन गर्न भनेको हो ।
तर, धेरै भीडभाड हुने शाखामा भने सरकारले तोकेअनुसारकै सिफ्टमा कार्यालय संचालन गर्नुपर्ने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।
बैंकहरुले सेवाग्राहीको भीडभाड नहुने तथा दूरी कायम हुने गरी लामबद्ध हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्नुपर्नेछ भने बैंकिङ सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीको स्वास्थ्य सुरक्षा तथा संक्रमणको संभावनालाई न्यूनिकरण गर्न आवस्था स्वास्थ्य सुरक्षाका न्यूनतम उपायहरु अनिवार्य अवलम्बन गर्न समेत भनिएको छ ।
राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई वित्तीय कारोबारलाई प्रोत्साहन गर्न समेत भनेको छ ।
यसैबीच, साबिककै समयतालिका अनुसार बैंक तथा वित्तीय संस्था संचालन हुने भएपछि राष्ट्रबैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गरी आरटीजिएस सिस्टमबाट सम्पादन हुने कारोबार समय लकडाउन अवधिभर परिवर्तन भए पनि असार १ गतेदेखि भने पूर्ववत समयतालिका अनुसार नै संचालन हुने प्रष्ट्याएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago