काठमाण्डौ । कोरोनाको दोस्रो लहरको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञाका क्रममा भोलि बिहीबारदेखि काठमाण्डौ उपत्यकामा सीमित संख्यामा मात्र बैंक तथा वित्तीय संस्थाहरु खुल्न दिइने भएको छ।  

नेपाल राष्ट्र बैंकले हालै जारी गरेको सर्कुलरअनुसार भोलि बिहीबारदेखि काठमाण्डौ उपत्यकामा वाणिज्य बैंकहरुका ६ शाखामात्रै खुल्ने भएका छन्। जसअनुसार काठमाण्डौ जिल्लामा ३ वटा, ललितपुरमा २ र भक्तपुरमा एउटा शाखा सञ्चालनमा आउने भएको छ। 

यसैगरी विकास बैंकलाई ४ र वित्त कम्पनीलाई ३ वटामात्रै शाखा खोल्ने व्यवस्था गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार विकास बैंकले काठमाण्डौ जिल्लामा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरी जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एक वटा शाखा गरेर जम्मा ३ वटामात्रै शाखा खोल्न पाउनेछन् ।

भोलि यी स्थानमा खुल्ने छन् वाणिज्य बैंक तथा विकास बैंकका शाखाहरु –

नोट : भोलि बैंकका शाखाहरु खुला हुने यो सूची बुधबार राति ८ बजेसम्म सम्बन्धित वाणिज्य बैंक तथा विकास बैंकहरुको फेसबुक पेज र वेबसाइटमा राखिएको सूचनाका आधारमा तयार पारिएको हो।