काठमाण्डौ । साताको पहिलो दिन सेयर बजारमा करिब २२ अंकले गिरावट आएको छ। बजार घट्दा कारोबार र भोलुम भने ड्राई–अप हुँदै गएको छ।

क्यान्डल स्टिकबाट हेर्दा आज बियरिस प्रकृतिको क्यान्डल बनेको छ। यसअघि बनेको ह्याम्मर प्रकृतिको क्यान्डलाई आजको क्यान्डलले  इन्भ्यालिड गरेको छ।

डेली बेसमा बोलिंगरको अपर ब्यान्ड अर्थात २२२२ मा डार्क क्लाउड कभर प्याट्रन बनाएर खसेको आजको बजार मध्य ब्यान्डमा सपोर्ट लिन सकेन। त्यहाँबाट पनि तल झरको बजारले एकपटक लोअर ब्यान्डमा छोए पनि पुनः मध्य ब्यान्डभन्दा तल जान सकेको अवस्था भने छैन।  

बोलिंगरको तल्लो ब्यान्ड भने करिब १९८३ मा रहेको छ। आज करिब २०११ मा बन्द भएको बजार यदि तल्लो ब्यान्डसम्म आउँछ भने १९८० आसपास आउन पनि सक्छ। तर, बजारले यसअघिको सपोर्ट विन्दु २००० आसपास पनि सपोर्ट लिन सक्छ। 

म्याक्डीमार्फत हेर्दा करिब १ महिनापहिले बनेको बियरिस क्रसओभर भ्यालिड नै छ। हिस्टोग्राम आज बोल्ड बन्न पुगेको छ। यसले बजारमा बिक्री दबाब रहेको बुझिन्छ। 

डेली बेसमै आरएसआईमार्फत हेर्दा ३८ को तहमा पुगेको देखिन्छ। यस्तो विन्दु घट्दो बजारमा ओभर सोल्ड जान अर्थात ३० भन्दा तल पुग्न सक्छ। 

पिभटमार्फत आगामी कारोबारको सपोर्ट विन्दुलाई हेर्दा पहिलो सपोर्ट २००० को विन्दुमा रहेको छ। त्यसपछि दोस्रो सपोर्ट बजारले १९६८ र तेस्रो सपोर्ट भनेको १९२० को विन्दुमा रहेको छ। 

बढेमा भने बजारले पिभट प्वइन्ट क्रमशः २०४८, २०८० र २१२७ मा सामना गर्न सक्छ। 

समग्रमा भोलुम ड्राई–अप भएको बजारले अब आगामी कारोबारमा पिभट प्वइन्टको पहिलो सपोर्ट २००० अर्थात त्यहाँबाट पनि तल झरेमा दोस्रो सपोर्ट १९६८ आसपास बलियो सपोर्ट लिन सक्छ। इचिमोकु र सुपर ट्रेन्डजस्ता इन्डिकेटरबाट पनि बजारमा कुनै सुधार आएको देखिँदैन। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।