काठमाण्डौ । ब्याजदर वृद्धिमा सधैं अगाडि देखिइँदा विवादमा तानिने गरेको एनआईसी एशिया बैंकले मंसिरका लागि भने ब्याजदर घटाएर प्रकाशित गरेको छ । 

एनआईसी एशिया बैंकले लामो समयसम्म डबल डिजीटमा रहेको मुद्दति निक्षेपको ब्याजदर घटाएर सिंगल डिजीटमा झारेको हो । 

कात्तिकमा एनआईसी एशिया बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ११.००३ प्रतिशत ब्याज उपलब्ध गराउँदै आएको थियो । 

तर, अब मंसिरमा भने यस्तो ब्याजदर घटाएर ८.९६८ प्रतिशतमा सीमित बनाएको हो । 

व्यक्तिगततर्फ ३ महिनादेखि १५ वर्ष अवधिसम्मको मुद्दति निक्षेपको ब्याजददर ८.९६८ प्रतिशत तोकिएको छ । 

यस्तै, ६ महिनादेखि १५ वर्षसम्म अवधिको संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि घटाएर बैंकले ६.९६८ प्रतिशत बनाएको छ । 

कल निक्षेपको ब्याजदर घटाएर २.२९२ प्रतिशत बनाइएको छ भने बचतको ब्याजदर पनि घटाएर ६.५८५ प्रतिशत कायम गरिएको छ । 

कात्तिकमा बैंकले कल डिपोजिटमा ३.००१ प्रतिशत ब्याजदर कायम गरेको थियो । यस्तै, कात्तिकमा बचतको ब्याजदर ८.००३ प्रतिशत कायम गरिएको थियो । 

बैंकले मंसिरका लागि प्रकाशित गरेको ब्याजदर: