काठमाण्डौ । एनआइसी एशिया बैंकले मकवानपुरको मनहरी गाउँपालिका वडानम्बर ७ मा नयाँ शाखा बिस्तार गरेको छ । सो शाखाको बुधबार एक समारोहका बीच मनहरि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उद्घाटन गरे । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआइसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो । मनहरि शाखाको समुद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १८० शाखा कार्यालयहरु, १८३ एटिएम एवंम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।