काठमाण्डौ । एनआइसी एशिया बैंकले मकवानपुरको भीमफेदी गाउँपालिका वडानम्बर ६ स्थित भीमफेदी बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ ।
फागुन २५ गते एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष हिदम लामाले शाखाको विधिवत उद्घाटन गरेका हुन् ।
भिमफेदी शाखाको समुद्घाटनसँगै मुलुकभर १८१ शाखा कार्यालयहरु, १८३ एटिएम सञ्जालहरु, ४ एक्स्टेन्सन काउन्टरहरु, ३ शाखारहित बैंकिङ सेवाहरु एवम् प्रत्यक्ष एवं अप्रत्यक्ष समेत गरी ५००० भन्दा बढी रेमिटान्स पेआउट एजेन्टहरुसहित राष्ट्रकै सर्वाधिक बढी बैंकिङ्ग सञ्जाल भएको बैंकको रुपमा एनआइसी एशिया बैंक स्थापित भइसकेको छ ।
साथै, बैंकले ग्राहकको हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुबीच अत्यन्त लोकप्रिय रहेको ‘धनवर्षा मुद्धती खाता’ र ‘समुन्नति प्लस बचत खाता’ उत्साहप्रद रुपमा सञ्चालनमा ल्याएको छ । १ बर्ष अवधिकोे धनवर्षा मुद्धती खातामा वार्षिक १२ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी गरिनुका साथै अन्य आकर्षक बिशेषताहरु छन् र ‘समुन्नति प्लस बचत खाता’ मा बैंकले त्रैमासिक ब्याज भुक्तानी हुने गरी वार्षिक १० प्रतिशतका दरले ब्याज प्रदान गर्दै आईरहेको छ ।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago