 
                     
                                
                             
                                    काठमाण्डौ। बम्पर लाभांश पारित गर्दै मञ्जुश्री फाइनान्स लिमिटेडको १४ औँ वार्षिक साधारणसभा मिति आज सम्पन्न भएको छ।
काठमाण्डौको नयाँबानेश्वरस्थित केन्द्रीय कार्यालयमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्तावित ६ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशको करसमेत) र ४० प्रतिशतबराबरको बोनस सेयर वितरण गर्ने निर्णय पारित गरेको हो।
संस्थाको यसअघिसम्मको चुक्तापुँजी रु. ९६ करोड ५३ लाख ९४ हजार ८९१ रहेको छ। बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्तापुँजी रु. १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४७ हुने भएको छ।
यस फाइनान्सको पुस मसान्त सम्म रु. ११ अर्ब १५ करोड निक्षेप संकलन तथा रु. ११ अर्ब कर्जा लगानी रहेको छ।
मञ्जुश्री फाइनान्सले २२ वटा शाखामार्फत नेपालभरका प्रमुख सहरमा सेवा पुर्याउँदै आएको छ।
 
                            
                            
                                                            
                                
                            
                                                        
                             
                            
                            
                            
                             
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19
 
                2024-01-19