काठमाण्डौ । मञ्जुश्री फाइनान्सले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ। 

कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजेदेखि हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी पारित गर्नेछ। उक्त आर्थिक वर्षका लागि भने कम्पनीले कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ। 

सभाले संस्थापक समूहबाट एक सञ्चालकबाट प्राप्त राजीनामा स्वीकृति गर्ने र उक्त रिक्त पदमा बाँकी समयका लागि अर्का सञ्चालकको नियुक्ति गर्नेछ। 

अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारमा जान उपयुक्त देखिएमा सोसम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनील पुस १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको पुस १४ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।