काठमाण्डौ ।मञ्जुश्री फाईनान्स लिमिटेडको अध्यक्षमा यादव अधिकारी नियुक्त भएका छन् ।

कम्पनीको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक सेयरधनी समूहका सञ्चालक अधिकारीलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीको सोही बैठकले यसअघि अध्यक्ष रहेका इन्दिर पण्डित (घिमिरे) ले कार्यव्यस्तताको कारण देखाई दिएको राजीनामासमेत स्वीकृत गरेको छ ।