काठमाण्डौ । भनिन्छ त्यो सुन्दर सहर थियो । जुन विलाशी र शौखले भरिएको थियो । यो सहर पुग्ने जोकोहीको मुख आश्चर्यले खुलाको खुलै रहन्थ्यो । 

यसमा कुनै शंका नै छैन कि त्यति बेलाको समयमा यो संसारकै सुन्दर सहर थियो । स्मारक र विभिन्न आकर्षणले भरिभराउ योसहर स्पेनको एन्डालुलिया प्रान्तको कोरडोबाभन्दा आठ किलोमिटर टाढा यो सहर बसाइएको थियो । र यो पनि इतिहास छ कि यो सहर केबल ७० वर्षसम्म मात्र रह्यो । 

त्यो सहरको नाम थियो मिथकिय मदिना अजहारा, जसको अरबी नाम मदिना–अल–जहरा थियो । यसको अर्थ हो चमकिलो सहर ।

त्यतिबेला स्पेन र उत्तरी अफ्रिकाका इलाकाहरुमा अरबी मुसलमानहरुको शासन थियो । अल अन्दालुस (जुन अब स्पेनको अन्दालुसिया प्रान्तमा छ) का राजकुमार खलिफा अब्दुर रहमान तृतीयले सन् ९३६ मा कोरडोबाको पश्चिममा ग्वादलकिविर नदीको किनारमा आफ्नो राजधानी बसाएका थिए । नदीकिनारको चट्टानमा यो सहर बसाइएको थियो । जुन त्यतिबेलाको संसारकै सबैभन्दा सुन्दर सहर थियो । 

यो सहर बसाउन करिब १० वर्ष लागेको थियो । सन् ९४५ मा खलिफाको दरबार पनि यहाँ बनाइएको थियो । 

यो नयाँ राजधानी बनाउन थुप्रै धनराशि खर्च भएको थियो । यो सहर बनाउन करिब १० हजार मजदुर परिचालन गरिएका थिए । यहाँ घरहरु बनाउन ६ हजार ढुंगा दिनहुँ प्रयोग हुन्थ्यो । निर्माण सामग्री बोक्नमात्र १५ सय गधा र खच्चर प्रयोग भएका थिए । 

त्यसबेला यो सहरको डिजाइन तयार पार्न उत्कृष्ट कालीगढको प्रयोग भएको थियो । पर्चुगलबाट सेता ढुंगा मगाइएका थिए । कोरडोबाका पहाडी क्षेत्रबाट बैजनी रङका चुनढुंगा निकालिएको थियो । 

मदिना अल जहरा पुरातत्वक स्थलको निदेशक अल्बर्टो मोनतेजो भन्छन्, ‘यो सहर खलिफाको शान र शक्तिको प्रतीक थियो । त्यसैले यो सहर बनाउँदा यो कुरालाई ध्यानमा राखिएको थियो कि यहाँ अधिकतम वैभव र भव्यता देखियोस् ।’

अल्बर्टो अगाडि भन्छन्, ‘यो सहर निर्माणमा राज्यले भरपूर आर्थिक स्रोत परिचालन गरेको थियो । त्यतिबेला खिलाफतको वार्षिक बजेट ४० देखि ५० लाख दिरहम थियो । जसको एक तिहाइ हिस्सा मदिना अल जहरा सहर निर्माणमा खर्च गरिएको थियो ।’

सहर तलमाथि चट्टान क्षेत्र थियो । वास्तुकारले यसको फाइदा उठाउँदै सहर तीन तलाको बनाए । सबैभन्दा माथि शाही किला अर्थात रोयल अलकाजार थियो, जहाँ अब्दुर रहमान तृतीयको निवास थियो । यसमा ठूलठूला आलिशान खम्बा लगाइएका थिए र सजावटमा विख्यात कालीगढको प्रयोग गरिएको थियो ।

खलिफा आफ्नो महलको विशाल छतबाट पूरै सहर निहाल्न सक्थे । 

दोस्रो तलमा प्रशासनिक क्षेत्र बनाइएको थियो । त्यहाँ मुख्य अधिकारीहरुको निवास थियो । 

सहरको सबैभन्दा तल्लोभागमा आम जनतालाई राखिएको थियो । सैनिका घर, मस्जिद, बजार, स्नानघर र सार्वजनिक बगैंचा बनाइएको थियो । 

यो सहर बसाइएको १५ वर्षपछि फेरि केही क्षेत्रलाई भत्काएर ठूलो बनाइएको थियो । 

सन् ९७६ मा खलिफा अब्दुर रहमानका छोरा उत्तराधिकारी अल हाकेन द्वितीयको निधन भएपछि यो सहरको पतन सुरु भयो । 

शासनको बागडोर उसका छोरा हिशामको हातमा गयो, जो केशल ११ वर्षका थिए । 

त्यतिबेला सत्ता अल हाकेनका सैन्यप्रमुख अल मन्जुर थिए । अल मन्जुर नै अल हाकेनका सल्लाहकारमा नियुक्त भए । तर अल मन्जुरले अल अन्दालूसको सत्ता पूरै हातमा थिए र उनले आफ्नो छुट्टै सहर बनाए । त्यसपछि मदिना अल जाहिरा र मदिना अल जहरालाई छोडेर गए । 

त्यसपछि सुरु भएको गृहयुद्धबाटसन् १०३१ मा कोरडोबाको शासन अन्त्य भयो । यो इलाक अलगअलग राज्य टुक्रियो । 

त्यसपछि राजधानी निर्माणमा प्रयोग भएका सबै महँगा वस्तुहरु कि त बेचियो कि हटाइयो । यसरी पश्चिमी संसारको एउटा सबैभन्दा सुन्दर सहरको अस्तित्व नै सकियो ।

यो सहरको अस्तित्व त्यतिबेला प्रकाशमा आयो जब सन् १९११ मा यहाँ पुरातात्विक वस्तुको उत्खनन भयो । सन् २०१८ मा युनेस्कोले यो क्षेत्रलाई विश्व विरासतस्थल घोषणा गरेको छ । – बीबीसीबाट