काठमाण्डौ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको मंगलबार बिहान बसेको बैठकले गत आर्थिक वर्षको वितरण योग्यमुनाफाबाट लाभांश प्रस्ताव गरेको हो। संस्थाले चुक्तापुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ १७ प्रतिशतले हुन आउने २ करोड ५ लाख ९५ हजार ५०० रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ।

साविकको मनाकाम र स्मार्ट लघुवित्तबीचको मर्जर कार्य सम्पन्न भई २०७७ साउन ११ गतेदेखि एकीकृत वित्तीय कारोबार सुरु भएको हुँदा आयकर ऐन २०५८ को दफा ४७ (क) उपदफा ५ मा भएको व्यवस्थाबमोजिम घोषित बोनस सेयरमा लाभांश कर छुटको व्यवस्था भएकोले कर प्रयोजनका लागि नगद लाभांश नछुट्याइएको संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणबाट पारित गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।