काठमाण्डौ । प्रभू बैंक लिमीटेडले मंगलबारदेखि रामेछापको मन्थली र रौतहटको चन्द्रनिगाहापुरमा शाखा बिस्तार गरेको छ । 

मंगलबार बैंकको मन्थली शाखा कार्यालय रामेछाप जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी र चन्द्रनिगाहपुर शाखा कार्यालय रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले छुट्टा छुट्टै समारोहका बीच उद्घाटन गरे । 

मर्जरको क्रममा एकै स्थानमा दोहोरिन गएका बैंकका शाखा कार्यालयमध्ये खाडीचौर र बीरगञ्ज शाखालाई मन्थली र चन्द्रनिगाहपुरमा स्थानान्तरण गरिएको बैंकले जनाएको छ । 

यसैगरी, मर्जरको क्रममा दोहोरिन गएका अन्य शाखा कार्यालयहरु पनि क्रमशः स्थानान्तरण गर्दै जाने बैंकको योजना रहेको छ । शाखा कार्यालयहरु स्थानान्तरण भई नयाँ ठाउँमा बैंकका शाखा कार्यालयहरु सञ्चालन हँुदा बैंकको सेवा विस्तारित हुनुका साथै उक्त स्थानका ग्राहक सरल, सहजरुपमा सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गरी लाभान्वित हुने बैंकको  विश्वास छ।