काठमाण्डौ । कोरोनाभाइरसका कारण अर्थतन्त्रमा निरन्तर गिरावट आएपछि जापान मन्दीतर्फ धकेलिएको छ। 

विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको जापानमा यो वर्षको पहिलो त्रैमासमा ३.४ प्रतिशतको संकुुचन आएको थियो। यो संकुुचन सन् २०१५ पछि कै सबैभन्दा धेरै हो। 

कोरोनाभाइरसका कारण विश्व अर्थतन्त्रमा ८.८ ट्रिलियन डलरको घाटा लागेको छ। कोरोनाको नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउनका कारण गत साता जर्मनीको अर्थतन्त्र पनि मन्दीमा गएको थियो। जापानले राष्ट्रव्यापी लकडाउन लागू नगरे पनि अप्रिलबाट आपतकालिन व्यवस्था लागू गरेको छ। जसले त्यहाँको आपूर्ति शृंखला र अन्य देशसँगको व्यापारलाई प्रभावित पारेको छ। 

यो वर्षको पहिलो त्रैमासमा जापानको जीडीपीमा ३.४ प्रतिशतको गिरावट आएको थियो। सन् २०१९ को अन्तिम त्रैमासमा जापानको जीडीपीमा ६.४ प्रतिशतको गिरावट देखिएको थियो। यसले जापानलाई प्राविधिक रुपमा मन्दीतर्फ धकेलेको छ। 

जापानका उपभोक्ताहरु कोरोना प्रभावको दोहोरो मारमा परेका छन् र अक्टोबर महिनामा बिक्री कर ८ प्रतिशतबाट बढेर १० प्रतिशत पुुगेको थियो। 

रोयटर्सले गरेको प्रक्षेपणअनुसार अप्रिलदेखि जुुन महिनासम्म जापानको अर्थतन्त्रमा २२ प्रतिशतको संकुुचन आउने देखिएको छ। यो संकुुचन अहिलेसम्मकै सबैभन्दा धेरै हुुनेछ। 

जापान सरकारले अर्थतन्त्र उकास्नलाई यसअघि नै १ ट्रिलियन डलरको घोषणा गरिसकेको छ। जापानका प्रधानमन्त्री सिन्जो आवेले यो महिनाको सुुरुआततिर कोरोनाको महामारीबाट माथि उठ्न दोस्रो बजेट प्रस्तुुत गर्न आग्रह गरेका थिए। 

जापानको अर्थतन्त्र विशेषगरी निर्यातमा अत्यधिक निर्भर छ। अन्य देशका उपभोक्तामाथि उसको नियन्त्रण एकदमै कम रहेको छ। 

विश्वरभर जारी गरिएका लकडाउनका कारण जापानको निर्यात प्रभावित बनेको छ। विश्वको सबैभन्दा ठूलो कार निर्माता टोयाटा र होन्डाको बिक्री विश्वभर घटेको छ। 

जापानको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्र पनि महामारीका कारण नराम्ररी प्रभावित बनेको छ। छोटो अवधिका लागि विश्वका अन्य अर्थतन्त्रसँगै जापानको अर्थतन्त्रको तस्बिर पनि धुुमिल देखिएको छ। तर आधिकारिक रुपमा मन्दीमा पर्ने विश्वको शीर्ष तीन अर्थतन्त्रमध्ये पहिलो भए पनि अन्य मुुलुुकको अर्थतन्त्रभन्दा जापानको अर्थतन्त्र वास्तवमा अझ राम्रो या त कम नराम्रो  देखिएको छ। 

अर्थशास्त्रीहरुले जापानको अर्थतन्त्रमा यो त्रैमासमा २२ प्रतिशतको गिरावट आउने प्रक्षेपण गरिरहँदा उनीहरुले अमेरिकाको अर्थतन्त्रमा पनि २५ प्रतिशतभन्दा धेरै संकुुचन आउने प्रक्षेपण गरेका छन्। – एजेन्सी