काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको मर्जरपछिको सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा यसै साता सूचीकृत हुने भएको छ ।
कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा धितोपत्र पुनः दर्ता प्रक्रिया सम्पन्न गरी अब यसै साताभित्र सेयर सूचीकृत गराउने तयारी रहेको बताएको छ ।
साविक प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी एकापसमा गाभिएर बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा धितोपत्र पुनः दर्ता प्रक्रिया सम्पन्न भई कम्पनीले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा सो सम्बन्धी पत्र पेश गरिसकेको छ ।
कम्पनीका सूचना अधिकारी कमल पन्थीका अनुसार कम्पनीले सिडिएससीमा धितोपत्र पुनः दर्ता सम्बन्धी पत्र सोमबारनै पेश गरिसकेको छ ।
‘सेबोनबाट दर्ता प्रक्रिया भइसकेको छ, हामीले धितोपत्र पुनः दर्ताको काम सकिने वित्तिकै सिडिएससीमा पनि सो सम्बन्धी पत्र पेश गरिसकेका छौं’, उनले भने ‘अब उताबाट स्वीकृत भएर आइसकेपछि सेयर सूचीकृत गर्नका लागि नेप्सेमा पत्र लिएर जानेछौं ।’
धितोपत्र दर्ता र नेप्सेमा सूचीकृतको प्रक्रिया यसै साताभित्र सक्ने गरि काम भइहेको पनि उनले बताए ।
उता नेप्सेका सूचना अधिकारी मुराहरि पराजुलीले पनि कम्पनीले सेयर सूचीकरणका लागि पत्र पेश गरेपछि मात्रै कम्पनीको सेयर सूचीकृत हुने बताएका छन् । ‘प्रभु महालक्ष्मी लाइफले धितोपत्र बोर्डबाट धितोपत्र पुनः दर्ता गराइसकेको छ, अब सो सम्बन्धि पत्र आएलगत्तै सूचीकृत हुन्छ’,उनले भने ।
धितोपत्र बोर्डले प्रभु महालक्ष्मी लाइफको नाममा ४ करोड २९ लाख ६० हजार कित्ता सेयर पुनः दर्ता गरेको छ । साविक प्रभु लाइफले आईपीओ जारी गरेको र महालक्ष्मी लाइफले भने आईपीओ जारी नगरेकाले साविक महालक्ष्मी लाइफको संस्थापकतर्फको सेयर स्वामित्व मिलानका कारण नेप्सेमा सूचीकृत प्रक्रिया ढिला हुन पुगेको कम्पनीका एक अधिकारीले बताए ।
दुबै कम्पनीले एकापसरमा मर्जरपछि गत असार २९ गतेबाट एकीकृत कारोबार शुरु गरेका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19