कामाण्डौ । वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जपछिको एकीकृत वित्तीय कारोबार आउँदो चैत ३ गतेबाट सुरु हुने भएको छ।

गत पुस २८ गते सम्पन्न दुवै लघुवित्तको वार्षिक साधारणसभाबाट आपसमा मर्जरमा जाने विशेष प्रस्ताव अनुमोदन गरेको थियो। त्यसपछि दुवैले मर्जर स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा संयुक्त निवेदन दिएका थिए। 

राष्ट्र बैंकले मर्जर स्वीकृति दिएपछि एकीकृत वित्तीय कारोबार गर्ने दिन टुंगो लगाइएको वोमी लघुवित्तले जनाएको छ। मर्जरपछि वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ।

यसको रजिस्टर्ड (केन्द्रीय) कार्यालय भने काभ्रेपलाञ्चोकको बनेपा–१४ साँगामा रहनेछ।