MOU time
काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले एकपछि अर्को गर्दै साना संस्थाहरुलाई धमाधम अक्वायर(प्राप्ति)को सम्झौता गरिरहेको छ । कतिपय ठूला र पुराना भनिएका वाणिज्य बैंकहरुले मर्जरको पार्टनर भेट्न हम्मे–हम्मे परिरहेको बेला सेञ्चुरी कमर्सियल बैंकले भने धमाधम साना संस्थाहरुको प्राप्तिलाई तीव्र बनाएको छ ।
यो क्रममा केही १५ दिनअघि(मार्च २ मा) मात्र सगरमाथा फाइनान्ससँग एक्वायरको सम्झौता गरेको यो बैंकले चैत ४ गते शुक्रबार अल्पाइन डेभलपमेन्ट बैंकसँग समेत प्राप्तिको सम्झौता गरेको छ ।
मकवानपुरको हेटौडा-४ मा केन्द्रीय कार्यालय रहेको यो तीन जिल्ले विकास बैंकले हकप्रद जारी गरी ४४ करोड चुक्तापूँजी पुर्याएपछि सेञ्चुरीमा गाभिने गरी सहमति भएको बताइएको छ । अल्पाइन डेभलपमेन्ट बैंकको हाल १५ वटा शाखाहरु संचालनमा छन् । यो बैंक २०७३ पुस मसान्तमा रू. ५ करोड ५ लाख संचालन मुनाफा गर्न सफल कम्पनी हो ।
सेञ्चुरी बैंकले यसअघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक, १० जिल्ले अरनिको डेभलपमेन्ट बैंक तथा सगरमाथा फाइनान्स लिमीटेड गरी ३ संस्थालाई प्राप्तिको सहमति गरिसकेको छ । इन्नोभेटिभ र अरनिकोलाई प्राप्तिको प्रक्रिया अन्तिम चरणमा छ भने सगरमाथा फाइनान्सलाई प्राप्तिको प्रक्रिया भने हालै प्रारम्भ भएको हो । यी सबै संस्थाहरुको मर्जर सकिएपछि बैंकको कुल शाखा सञ्जाल ९० पुुग्नेछ ।
सेञ्चुरी बैंकले चार संस्थाको प्राप्तिबाट करिब रु. २ अर्ब पूँजी प्राप्त गर्ने छ । हाल सेञ्चुरी बैंककोे चुतmा पूँजी रु. ३.६८ अर्ब रहेको छ । चार संस्था गाभिएपछि सेञ्चुरीको चुक्तापूँजी ५ अर्ब ६८ करोड पुुग्नेछ । नेपाल राष्ट्रबैंकले तोकेअनुसार ८ अर्ब चुक्तापुँजी पुर्याउन अपुुग रकम हकप्रद शेयर जारी गरी तथा चालुु आर्थिक वर्षको मुनाफाबाट बोनस दिएर पुर्याउने लक्ष्य लिइएको बैंकले जनाएको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा ३२ करोड ७४ लाख संचालन मुनाफा तथा २२ करोड ३९ लाख खूद नाफा आर्जन गरेको छ । बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशतले र यो वर्षको प्रथम त्रैमास भन्दा २०१.५० प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी, चालु आ.व.को दोस्रो त्रैमासमा बैंकले रु. ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी रु. २९ अर्ब १ करोड कर्जा प्रवाह गरेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago