काठमाण्डौ । लग्जरी कार निर्माता कम्पनी मर्सेडिजले आफ्नो पहिलो अल–इलेक्ट्रिक एसयूभी 'मर्सेडिज ईक्यूसी' कार भारतमा लन्च गरेको छ।
कारको मूल्य भारु ९९.३० लाख रुपैयाँ (एक्स शोरुम) तोकिएको छ। यो मूल्य कारको पहिलो ५० युनिटमा मात्र लागू हुने कम्पनीले जनाएको छ।
पहिलो चरणमा यो कार भारतको दिल्ली, बेंगलुरु, मुम्बई, पूणे, चेन्नई र हैदराबामा उपलब्ध हुने बताइएको छ।
यो कारको विशेषता भनेको फुल चार्जमा करिब ४०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ। कम्पनीले यो कारको ब्याट्रीमा ८ वर्षको वारेन्टी पनि दिनेछ।
ब्याट्री र पावर
मर्सेडिज ईक्यूआरमा फ्लोर–माउन्टेड ८०के८ब्ल्यूएच लिथियन–आयन ब्याट्री प्रयोग गरिएको छ। जसले कारमा जडित दुईवटा इलेक्ट्रिक मोटरलाई पावर प्रदान गर्नेछ। यी दुई इलेक्ट्रिक मोटरसमध्ये एउटाले अगाडिको र अर्को पछाडिको पांग्रा सञ्चालन गर्नेछन्। मोटरले ४०८ एचपीको पावर र ७६५एनएम टार्क जेनरेट गर्न सक्छ।
५.१ सेकेन्डमै १०० किलोमिटर प्रतिघन्टाको स्पिड
यो कारको रफ्तार ० बाट १०० किलोमिटर प्रतिघन्टा पुग्न केवल ५.१ सेकेन्ड लाग्ने कम्पनीले दाबी गरेको छ। कारको टप स्डिप १८० किलोमिटर प्रतिघन्टाको रहेको छ।
९० मिनेटमै फुल चार्ज
यो कारलाई साधारण चार्जरबाट फुल चार्ज गर्न १० घन्टा समय लाग्ने भए पनि डीसी फास्ट चार्जरबाट केबल ९० मिनेटमै ब्याट्री फुल चार्ज गर्न सकिने कम्पनीले दाबी गरेको छ।
अन्य फिचरहरु
यो कारमा विन्डस्क्रिन ककपिट, फ्रन्ट र रियरमा एलईडी स्ट्रिप लाइट, १२.३ इन्चको ड्युल इन्फोटेनमेन्ट स्क्रिन, फ्रन्ट रोमा मसाज फंक्सनजस्तो लग्जरी फिचरहरु रहेका छन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19